काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको सम्बन्धमा दरार आएको छ । विगत सात वर्ष लामो प्रेममा रहेका उनीहरूको सम्बन्धमा दरार आएको हो ।
उनीहरू द्वय दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थिए । तर कुनै कारणले विवाह भने हुन सकेको थिएन । केही समय अघिसम्म सृष्टिको इन्स्टाग्राममा सौगातसँगका तस्विरहरु छ्यापछ्याप्ती भेटिन्थे । तर अहिले उनले इन्स्टाग्रामबाट सौगातसँगका तस्बिर सबै हटाएकी छन् । यसबाट पनि उनीहरुबीचको सम्बन्धमा ब्रेक भएको आशंका गर्ने सकिने भएको छ ।
सहमतिमै आफूहरु अलग हुने बाटोमा अघि बढेको अभिनेता सौगात मल्लले बताएका छन् । उनले भने ‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं । हाम्रो कुरै भएको हो । मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो । केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए । अहिले भने सहमतिमै छुटेको उनीहरूले बताएका छन् ।