काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतकाे खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान सुपर-८ मा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अफगानिस्तान सँग टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले १९.५ ओभरमा अलआउट हुनुअघि ९५ रन बनाएको थियो । ९६ रनकाे लक्ष्य पछ्याएकाे अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाएर उक्त लक्ष्य पुरा गर्‍यो ।

अफगानिस्तानकाे जितका लागि ओपनर रहमानुल्लाह गुरबाजले सात बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाए ।

ओपनर इब्राहिम जदरान शून्य रनमै पेभेलियन फर्किएका थिए । गुलबदिन नाइबले ३६ बलमा दुई छक्का र चार चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे ।

अजमतुल्लाह ओमरजाई १३ रन बनाउँदै आउट भए । मोहम्मद नाबीले अविजित १६ रन बनाए ।

पपुवा न्यु गिनीका लागि किपलिन दोरिगाले २७ रन बनाए । अली नाओले १३ र ओपनर टोनी उराले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

अफगानिस्तानका लागि बलर फजालहक फारुकीले तीन विकेट लिए । नवीन उल हकले दुई विकेट लिए भने नुर अहमदले एक विकेट लिए ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर–८ चरणमा पुगेको हो । यसअघि सोही समूहबाट वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here