काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टले माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम उत्पादन बन्द गर्ने भएको छ । आफ्नो सर्फेस ब्रान्डलाई बढी प्राथमिकता दिन कम्पनीले माइक्रोसफ्ट ब्रान्डका कम्प्युटर हार्डवेयरको उत्पादन बन्द गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द भर्ज’ का अनुसार माइक्रोसफ्टका प्रमुख सञ्चार प्रबन्धक ड्यान लेककले कम्पनीको सर्फेस ब्रान्ड अन्तर्गत विन्डो पीसीका उपकरणमा बढि केन्द्रित हुन खोजिरहेको बताएका छन् । एप्पलको आईफोन जस्तै माइक्रोसफ्टले सर्फेस ब्रान्ड सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले सर्फेस ब्रान्डका माउस, किबोर्ड, पेन, डक्स, एडप्टिभ डिभाइसको दायरा विस्तार गर्ने तयारी गरिरहेको छ । यसको अर्थ हो अहिले बजारमा भएका माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम बजारमा सकिएपछि उपलब्ध हुने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here