काठमाडौँ-नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन्।बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गरे।

उनले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए। सम्झौताले स्वाभिमानको जरा काट्ने काम गरेको उनको भनाइ छ। भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने उनले बताए।उनले भने,‘प्रधानमन्त्रीज्युले केही कुरा त बताउनुभयो । तर भएको सम्झौता के हो ? सम्झौताको प्रति सांसदले संसद नचलेको बेलामा यो विषयगत समिति र यो समिति अन्तर्राष्ट्रिय सन्धी र सम्झौतासँग हाम्रो क्षेत्राधिकारको विषय पनि हो। त्यो हामीले जानकारी पाउनुपर्छ। मान्य सभापतिज्युमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, त्यो भएको सम्झौताहरु जस्ताको त्यस्तै त्यसको प्रति सदनलाई जानकारी गराइयोस्, सदन नभएको कारणले यो विषयगत समितिमा उपलब्ध गराइयोस् ।

भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरु पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ । कतिपय कमजोरी बीचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो, कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो?’सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरु सरकारलाई देखाएर पन्छिन नमिल्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here