काठमाडाैं । गाँजा खेतीबारे छलफल गर्न कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहमन्त्रीहित चार मन्त्रीलाई बोलाएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवालालाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको छ । यसअघि यो विषय बजेटमा आएपनि कार्यान्वयन हुन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here