काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकारहरू सहभागी अमेरिका केन्द्रित कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ सकिएको छ । अमेरिकाको विभिन्न १४ सहरमा कार्यक्रम सकिएको संयोजक विनोद अधिकारीले जानकारी दिए । फ्लाई नेपालको आयोजना र हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापा सहभागी कार्यक्रम फेब्रुअरी २४मा सकिएको हो ।गत जनवरी १२ मा नर्थ क्यारोलिनाबाट सुरु भएको कार्यक्रम १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्ट्र न्यूयोर्क आयोजना भएको थियो ।  यस्तै, फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, १८ मा बाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा कार्यक्रम भएको थियो ।

संयोजक अधिकारीका अनुसार जनवरी २० न्यूयोर्क, फेब्रुअरी १६ भर्जिनिया र १८ मा बाल्टिमोर, मेरिल्याण्डमा आयोजित कार्यक्रममा अमेरिकन सरकारी निकायको तर्फबाट सम्मान समेत गरिएको थियो ।‘अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हँसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रूपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवतः यो नै पहिलो हो’ संयोजक अधिकारीले भने, ‘कार्यक्रमले परदेशलाई घर देशसँग जोडेको छ ।’ उनले आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here