काठमाडौँ । नेपाली कलाकारहरूको बाक्लो उपस्थिति रहेको अमेरिकामा आयोजना हुने अवार्ड थपिने क्रम बढ्दो छ ।

यस्तैमा अमेरिकामा ‘पहिलो टप सप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमबिच यो अवार्ड घोषणा गरिएको हो ।

रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेसनल एलएलसीका लकेश श्रेष्ठ तथा बुद्ध कर तथा लेखा पशुपति श्रेष्ठ को संयुक्त आयोजनामा यो अवार्ड हुन लागेको हो ।

अवार्डमा नेपाली फिल्म तथा गीतसंगीत क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

कार्यक्रममा आयोजकले नेपाली फिल्म तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकाको न्युयोर्कमा यो अवार्ड आयोजना गरिने जानकारी दिएको हो । नेपाली कलाकारहरूलाई विभिन्न सम्मान प्रदान गरिने कार्यक्रममा वरिष्ठ कलाकारलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’ले सम्मानित दिइनेछ ।

अवार्ड घोषणा कार्यक्रममा कृष्ण मल्ल, राजेन्द्र खड्की, रवीन्द्र खड्का, सुरज सिंह ठकुरी, प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, दिलीप समनलगायत थुप्रै कलाकर्मीको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here