वासिङ्टन डीसी । अमेरिकाको अरिजोना विमानस्थल माथिको आकाशमा दुई साना विमान जुधेका छन् । यो घटनामा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

टूसनको उत्तरपश्चिममा माराना क्षेत्रीय विमानस्थल नजिक बिहान ८ः २८ बजे सेस्साना १७२ एस र ल्यान्कएयर ३६० एमके आईआई जुधेको राष्ट्रिय परिवहन सुरक्षा विभाग एनटीएसबीले भनेको छ । यी दुई सिंगल इञ्जिन विमान रनवे १२ माथि जुधेको भनिएको छ ।

ठोक्किएपछि सेसेना अवतरण भए पनि ल्यान्कएयरको विमान भने अर्को धावनमार्ग नजिक जलेको एनटीएसबीले भनेको छ । यस घटनामा दुई जना मरेको र हरेक विमानमा दुई दुुई जना सवार भएको बताइएको छ ।

यस घटनाबारे छानबिन भइरहेको छ । छानबिन चल्दासम्म विमानस्थल बन्द गरिएको छ । जनवरी २९ मा पनि वाशिङटनमा विमान र सेनाको हेलिकप्टर आकाशमा ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यसयता अमेरिकामा चार वटा हवाई दुर्घटना भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here