काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।आजकाे बैठकमा ६ कार्यसूची तय भएको छ। जसमा बैठकमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्।

साथै बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here