फिल्म ‘राजमहल’ निर्माण हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलाकारबारे जानकारी दिँदै फिल्म निमार्णको घोषणा गरिएको हो । अभिनेता उप्रेतीले अहिले थप कुरा नगर्ने बताएपनि उनले नारायणहिटी राजदरबार हत्याकाण्डबाट फिल्म प्रभावित हुने बताए ।
सविनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्मको शीर्ष भूमिकामा रमेश उपेती, सलोन बस्नेत र आँचल शर्मा हुने भएका छन् । टिकटकर सिम्रन पन्त र मिस पविले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् ।
छायांकन माघदेखि अष्ट्रेलिया, न्यूजिल्याण्ड र नेपालमा हुने भएको छ । सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारीले पनि अभिनय गर्दैछन् ।
अर्जुन पोखरेल र बाबुल गिरीले संगीत भर्नेछन् । शोभा श्रेष्ठ र यश गुरुङको निर्माण हुने फिल्ममा ऋषि लामिछाने कार्यकारी निर्माता छन् । अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की छन ।
सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराज छन् ।