काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयलाई जथाभावी शुल्क नबढाउन आग्रह गरेको छ । स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र शैक्षिक सत्र २०८० मा शुल्क बढाउन आग्रह गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थी भर्नाका सम्बन्धमा केही निजी लगानीका विद्यालयहरूले आफूखुशी जथाभावी ढङ्गले शुल्क उठाउने गरेको समाचारहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न र गुनासो पनि राख्न सक्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शैक्षिक सत्र २०८० मा सुरु हुने विद्यार्थी भर्ना अभियानसँगै निजी लगानीका विद्यालयले लिने शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरुमा पाठ्यपुस्तकको उपलब्धता र विक्री वितरणका विषयमा जिल्ला तहमा सहजीकरण गर्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here