काठमाडौँ – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए। उनले अहिले राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतीतर्फ अघि बढिरहेको जिकिर गरे।उनले नागरिकहरुमा निराशा छाएको बताए।

उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै विस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको उल्लेख गरे। उनले भने, ‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ। राज्य त्यसलाई संरक्षण गर्ने, कारबाहीभन्दा संरक्षण गर्नेतिर लागेको छ। यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आबद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ।

अहिले यो जटिलतापूर्वक राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ उन्मुख छ, आम जनतामा निराशा छ। त्यो निराशा र अनुन्तुष्टि विस्तारै विद्रोह र अराजकतातिर उन्मुख भइरहेको छ। अहिले वास्तवमा संसद संसदजस्तो चलिरहेको छैन, सरकार सरकारजस्तो चलिरहेको छैन, पार्टी, पार्टीजस्तो चलिरहेको छैन, यो अराजकतापूर्ण स्थिति जो देशमा देखिएको छ, त्यसले बडो निराशा र अराजकताको स्थिति सिर्जना गरेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here