काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताएका छन् । मंगलबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रवक्ता महतले स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा आपत्ति जनाएका हुन् ।
नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप प्रवक्ता महतको थियो । सांसदसमेत रहेकी मञ्जु खाणको अवस्था के हो रु भनी पत्रकारले सोधेको प्रश्नमा डा.महतले खाणलाई पार्टीले फलो नगरेको बताएका छन् । उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । अडियो झुटो हो भन्ने विश्वास छ । डा। आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ ।’
नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको बताउदै उनले भने ‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन ।ु