काठमाडौं । अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौं महानगरपालिका– १४ स्थायी घर भई बुढानिलकण्ठ नगरपालिका कपनमा बस्दै आएका ४२ वर्षीय पवन राणालाई पक्राउ गरेको हो ।
राणाले सयौं जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै पीडितहरुबाट करोडौं रकम असुलेर सम्पर्कविहीन भएका थिए । उनलाई वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो ।
राणामाथि अनुसन्धान तथा कारबहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।