काठमाडौं ।  आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल, बाजुराले जनाएको छ।चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

जिल्लाको पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित स–परिवार बेँसीतिर झरेका छन्।उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौं, बाह्रविस, अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन्।लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो। जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेशलगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here