काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूको आगामी कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको भूमिका पनि स्पष्ट गर्ने भएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।

उनले पासाङलाई आफूले पार्टीमा सक्रिय हुन नबोलाएको स्पष्टीकरण दिँदै पासाङकै चाहनाले आमन्त्रितको रूपमा बैठकमा सहभागी गराइएको बताए ।

‘पासाङलाई मैले तानेर पार्टीमा ल्याउन लागेको होइन । उनी उपराष्ट्रपतिबाट रिटायर्ड भएपछि पार्टीमा भूमिका चाहियो भनेर पटक पटक भनेपछि ठिकै छ भनेर उहाँलाई आमन्त्रितको रूपमा कार्यालय र स्थायी समितिमा बोलाइएको थियो । आज पनि सोही हैसियतमा हुनुहुन्छ ’, प्रचण्डले भने ।

प्रचण्डले उनले पार्टीमा सक्रिय हुन चाहेकाले उनको स्प्रिटलाई पार्टीले सम्मान गर्ने भन्दै पदको विषय समग्र कार्यविभाजनको बेला सोचिने बताएको एक नेताले बताए । माओवादीले आन्तरिक छलफल गरेर छिट्टै सर्कुलरमार्फत नेताहरूको कार्यविभाजन पठाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here