काठमाडौँ । सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख ४ सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको ब्यान्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौँमा हुने भएको ब्यान्डले जनाएको छ ।

कन्सर्टको सुरुवात ब्यान्डले आउँदो शनिवार अर्थात् नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ । ब्यान्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क९पीभीइ नेटवर्क०को प्रस्तुति रहने कन्सर्टमा ब्यान्डले ‘तिमी फेरी आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’ प्रस्तुत गर्नेछ ।

ब्यान्डले दसैँ अघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो । यी कन्सर्टमा विशेषतः युवा दर्शकको उल्लेख्य उपस्थिति थियो । कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो । पीभीई नेटवर्कका विकेश कायस्थका अनुसार दसैँ अघिको कन्सर्ट निकै सफल भएकोले फेरि आयोजना गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here