काठमाडौं । बागमती प्रदेश समितिको आयोजनामा बागमती सांस्कृतिक सम्मिलन २०७९ हुने भएको छ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल बागमती प्रदेश समितिको आयोजनामा चैत्र १२ गते देखी १४ गते सम्म बागमती सांस्कृतिक सम्मिलन आयोजना गरिन भएको हो ।
बागमती प्रदेश समितिका अध्यक्ष होम राज श्रेष्ठको अध्यक्षतामा बुधवार राजधानीमा पत्रकार सम्मेलनमा मार्फत कार्यक्रमका बारेमा जानकारी गराइएको हो ।
बागमती प्रदेश भित्रका लोक संस्कृति र कलाहरुको पहिचान, साहित्य लेखनका प्रवृत्तिहरू पहिल्याउनु, चित्रकला, मूर्तिकला, संगीतकला र प्रदर्शन कलाको प्रदर्शनका साथै मूल प्रवृत्तिहरू पहिचान गर्नु, सांस्कृतिक एवं अन्य सम्पदाहरूको पहिचानका साथै तिनको पर्यटन प्रबद्र्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग गर्न उद्देश्यले उक्त सम्मिलन गर्ने लागिएको आयोजकले बताएका छन् ।
बागमती प्रदेश समिति समितिका अध्यक्ष होमराज श्रेष्ठका अनुसार पुष्पलाल र गंगालाल श्रेष्ठले शाहदत प्राप्त गरी सहिद भएको स्थल भएको कारणले रामेछापको मन्थलीमा उक्त कार्यक्रम आयोजना गर्ने लागिएको हो । कार्यक्रममा चिरायु नेशनल हस्पिटलले निस्शुल्क स्वास्थ्य शिविर र निस्शुल्क औषधी वितरण गर्ने अध्यक्ष श्रेष्ठले बताए ।


























