हेटौँडा । बागमती प्रदेश सभाको सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरिएको उक्त बैठकमा संसदीय समितिको सभापति टुङ्गो लगाउने गरी छलफल गर्ने तयारी रहेको छ । बैठकले बजेट अधिवेशन आव्हानसम्बन्धी छलफल तथा सत्ता समीकरण परिवर्तन पछि संसदीय गतिरोध समाधान गर्ने गरी छलफल गर्ने कार्यसूची रहेको छ।

गत चैत १९ गते यता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । चैत १९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत लिएसँगै स्थगित गरिएको प्रदेशसभा अधिवेशन वैशाख १२ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार अन्त्य गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here