काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विगत केही वर्षदेखि सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको भन्दै गुनासो गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सधै काठमाडौ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बसेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने आश्वासनमै सिमित रहयो । सधै काठमाडौ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगर को मेयर को हैसियतले आफ्नो कार्यक्षेत्र मा नपरे पनि मानबता को नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरु को माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाहरु को समस्या समाधान को लागि जोडदार माग राख्दछौ । हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउँ मा सरकार पुगोस ।’
मिटरव्याज पीडितहरु ११ दिन हिडेर काठमाडौं आएको जानकारी पाएपछि महानगरको मेयरको हैसियतले आफनो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताए । पीडितहरुलाई धर्मशालामा खाना र बासको व्यवस्थापन गरेपनि खुलामञ्चमै बस्न खोजेपछि रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको उनले बताए । उनीहरु मागप्रति महानगरले एक्यवद्धता जनाउँदै सरकार समक्ष समस्या समाधानको लागि जोडदार माग गरे ।आफूहरुले यस्तो अवस्थामा काठमाडौं कोही आउन नपरोस, गाउँ गाउँमा सरकार पुगोस भन्ने चाहेको उनको भनाइ छ ।