काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।शनिबार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे।
उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उनले बताए। उनले सरकारले हेलचेक्र्याँइ अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताए। उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको दाबी गरे। यात्रामा पार्टीका कार्यकर्ताभन्दा नागरिकहरु स्वागतका लागि आएको भन्दै उनले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताए। उनले मध्यपहाडबाट भइरहेको बसाइँसराई ठूलो चुनौती रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेकोमा जोड दिए।मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेकोजस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे।


























