काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ८८ हजार ५ सय बरामद गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी, सुनसरी घर भएका ४० वर्षीय ईश्वर राई, रामेछापको मन्थली घर भएका २७ वर्षीय विष्णु मगर र ३० वर्षीय कैलाश मगर र सप्तरी घर भएका ३२ वर्षीय सन्दीप कुमार चौधरी छन् । महेश मगरले भाडामा लिएर बनाएको जस्ताको टहरोमा सञ्चालित जुवा खालबाट प्रहरीले ४ बुक तास बरामद गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here