काठमाडौँ । स्पेनिस ला लिगामा बेन्जेमाले शानदार ह्याट्रिक गर्दा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा रियलले रियल भालाडोलिडलाई ६ ० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले २९,३२ र ३६ औ मिनेटमा तीन गोल गर्दै शानदार ह्याट्रिक गरे । त्यस्तै रोड्रिगो,लुकास भास्केज र मार्को एसेन्सियोले समान एक एक गोल गरे । चोटका कारण लामो समय मैदान बाहिर रहेका रियलका इडेन हजार्ड चोटमुक्त हुदै आजको खेलमा मैदान फर्किएका छन् ।

यो जितसंगै दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अंक भएको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७१ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here