काठमाडौँ-समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको पनि दाङ भालुवाङ दुर्घटनामा परी मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुवाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो।प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए।
हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए।पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी मृत्यु भएको हो।उनका भूमिका र मूल्याङ्कन, प्रगतिवाद र कविता, देवकोटाको व्यङ्ग्य व्यक्तित्व, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध,अर्थको आनन्द, समय र सिर्जना जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए।