काठमाडौँ । सांसद गंगा कार्कीले भन्सारमा भएका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग नभएको पाइएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थ समितिका सांसदहरूले गत माघ ११ गतेदेखि १६ गतेसम्म भन्सारहरूको स्थलगत अनुगमन गरेका थिए । उक्त अनुगमनका क्रममा भन्सारमा राखिएका एक्सरे मेसिनहरू प्रयोगविहीन रहेको उनको भनाइ थियो ।

‘प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन । अस्तव्यस्त ढङ्गले राखेका उपकरण प्रयोगमा ल्याइनुपर्छ ,’ उनले भने, ‘यो प्रयोग गर्दा स्वार्थ पुरा नहुने भएकाले प्रयोग नभएको पाइएको छ । उपलब्ध भएका स्रोत साधन प्रयोगमा नल्याई थन्काइएको छ । भन्सार राम्रो भए राज्यलाई फाइदा हुन्छ । राज्यको एक वर्षको बजेट गए पनि जावस् भन्सारलाई चुस्त र दुरुस्त बनाउन जरुरी छ ।’

भन्सारको अनुगमन र छलफलले भन्सार विधेयक बनाउन सहयोग गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here