काठमाडौं । बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २७६ कम्पनीको ८० लाख ८ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७ सय ३८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहिबार सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here