काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानले ट्वीट गर्दे नेपाललाई धन्यवाद दिएका छन् । ट्वीटरमा  नेपाली प्रशंसकहरुको फ्यान क्बलमा गरिएको ट्वीटलाई रि–पोस्ट गर्दै शाहरुखले नेपाललाई धन्यवाद दिएका हुन् ।

एसआरके यूनिभर्स नेपाल फ्यान क्लबले गत बिहीवारदेखि प्रदर्शनमा आएको शाहरुख खानको नयाँ फिल्म ‘जवान’ को नेपालमा भएको फस्ट डे फस्ट शोका तस्बिरहरुको कोलाजसहित शाहरुख खानलाई मेन्सन गरेर एउटा ट्वीट गरेको थियो ।

 शाहरुख खानले रि–ट्वीट गर्दै लेखेका छन्– ‘धन्यवाद नेपाल !!! तपाईँहरु सबैलाई धेरै–धेरै माया र शुभकामना !!’

शाहरुख खानको ‘जवान’ ले भारतमा समेत उत्कृष्ट व्यवसाय गरिरहेको छ भने नेपालसहित विश्वभरी नै प्रदर्शन भैरहेको यो फिल्मले दर्शकलाई सिनेमा हलसम्म आकर्षित गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here