Coronavirus. COVID-19. 3D Render

 काठमाडौं । नेपालमा  बिहीबार  १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । लगभग शून्यमा झरेको सङ्क्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । 

आज ३० जना सक्रिय सङ्क्रमित छन् ।  भारतमा सङ्क्रमण बढिरहेको छ ।  मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा बुस्टर डोज सबैलाई लगाउन निर्देशन दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here