जेठ २७ – बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।
कोभिड महामारीका बेला लकडाउनको नियम उल्लंघन गरेको तथा सदनलाई ढाँटेको आरोपमा संसदीय छानबिन भइरहेको अवस्थामा जोनसनले तत्काल लागु हुने गरी राजीनामा दिएका हुन् ।
सन् २०२२ मा प्रधानमन्त्री पद त्यागेका उनी सांसदको जिम्मेवारीमा भने कायमै थिए । उनको राजीनामा पछि उक्त सिटमा उपनिर्वाचन हुनेछ ।
कोभिड सम्बन्धी नियमको उल्लंघन गर्दै उनले प्रधानमन्त्री निवासमा पार्टी आयोजना गरेको र त्यसबारे सदनलाई ढाँटेको आरोप छ ।
आचारणमाथिको अनुसन्धान भइरहेको अवस्थामा उनले राजीनामा दिएका हुन् । यद्यपि उनको यो राजीनामासँगै सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र गहिरो विवादलाई संकेत गरेको छ ।


























