काठमाडौं । राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले तनहुँ जिल्ला क्षेत्र नम्बर १ का विभिन्न योजनाको लागि बजेट विनियोजन गर्न माग गरेकी छन् । मंगलबार संघीय सरकारको भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी तथा सरसफाई मन्त्रालयमा छुट्टाछुट्टै निबेदन पेश गरि सांसद न्यौपानेले बजेट माग गरेकी हुन् ।
न्यौपानेले केही दिन अघि सामाजिक सन्जाल मार्फत आवश्यक योजनाहरुको सुची माग गरेकी थिईन् । तनहुँ क्षेत्र नम्बर १ का विभिन्न भागबाट छनौट भई प्राथमिकताको आधारमा सिफारिस भएर आएका योजनालाई आगामी आर्थिक वर्षमा बजेट सुनिश्चितताकोलागि आफुले पहल गरेको सांसद न्यौपानेले बताईन् ।
भौतिक पुर्वाधार मन्त्रालय तर्फ कालिमाटी राईपाली मोटरबाटो कालोपत्रेको लागि १० करोड, कालीमाटी कुन्छा मोटरबाटो कालोपत्रेकोलागि २५ करोड, बाईसजाँगर थानीमाई मार्ग कालोपत्रेको लागि १० करोड, बन्दिपुर ढाँडखोला हुँदै घुमाउने मोटरमार्गको लागि २० करोड, काउरेटार देउरालीटार गौलीचोक मोटरमार्ग कालोपत्रेको लागि १० करोड, पाँचसय फाँट कलेस्ती मार्गको र बुद्धसिंह मार्ग कालोपत्रेकोलागि क्रमागत बजेटको व्यवस्थापन गर्न सांसद न्यौपानेले अनुरोध गरेकी छिन् ।