काठमाडौं । बससेवा डटकमले नयाँ वर्ष २०८० सालको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको हो ।
चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनु पर्ने कम्पनीले जनाएको छ । साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानी बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको कम्पनीले उल्लेख गरिएको हो । २० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्ने र अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्ने बताइएको छ ।
बस सेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशन तथा अन्य सेवा प्रदायकका मोबाइल एप्लीकेशनबाट टिकट काट्न सक्नेछन् ।