काठमाडौँ । मधेस काठमाडौँ जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ ।

सिम्रौनगढ तर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहट तर्फ आउँदै गरेका मौलापुर नगरपालिका  ८ सोनरनियाका ५५ वर्षीय अधिकारी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । ठक्कर दिने पिकअप भ्यानसहित कोल्ह-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोल्हवीले नियन्त्रणमा लिएको छ ।

सई लालु यादवले पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादित बयान दिएकोले थप अनुसन्धान भइरहेको बताएका छन् । मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here