काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पटाउने नाममा ठगेको आरोपमा रायमाझी बुटवलबाट पक्राउ परेका हुन् ।

शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन् । एमाले सचिव रायमाझीविरुद्ध पनि जिल्ला अदालत कठमाडौंबाट पक्राउ पुर्जी जारी भएको उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे ।

उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ । ५० वर्षीय सानु भण्डारीले टोपाबहादुर रायाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here