काठमाडौं । बुटवलमा बसको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा  सडक खण्डमा पर्ने बुटवलको मिलन चोकमा लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उक्त दुर्घटनामा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन।

मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here