काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरुमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्समार्फत यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका हुन् ।

यात्रुहरुले सूपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसको साथै साझेदारहरुले आफ्नो ‘आइएमई९एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य र उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here