काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बू शेखर गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् ।

कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here