काठमाडौं । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

त्रिभुवन शाहले २०८० जेठ २१ मा जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

उक्त हत्याकाण्डमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संलग्न रहेको आरोप लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here