काठमाडौं- छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आइतबार काठमाडौंको वसन्तपुरबाट र्‍यालीसमेत निकालेको थियो।२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान सुरु गरेको बताए।

उनले भने, ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा सम्झिने गर्छौं। झण्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको शुरुवात गरेका हौं। नेपालीलाई नै झण्डाको एउटा महत्त्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौं। युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस सुरु गरिएको हो।’प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here