काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् ।मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । यद्यपि टेरामक्स, एमडीएमएसको विषय भने पछिल्लो समय निकै पेचिलो बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here