काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरूको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशत सम्म उपभोगमा नै खर्च भइरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमूलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाऊँ । ’वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत संकलन गर्नुपर्ने व्यवस्था हुनुपर्नेमा मल्लले जोड दिए । 

अर्को प्रसङ्गमा मल्लले १६ औँ पञ्चवर्षीय योजना, सरकारको बजेट एवं मौद्रिक नीतिबिच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए ।  पञ्चवर्षीय योजना महत्त्वाकाङ्क्षी हुने तर कार्यान्वयन पाटो निकै फितलो हु“दा अपेक्षित लाभ हासिल हुन नसकेको उनको भनाइ छ । मल्लले आगामी बजेट बस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here