काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौंको हितमा काम नगर्ने हो भने सिंहदरबार अरु पालिकामा सार्न सुझाव दिएका छन् । बिहिबार प्रमुख बालेन साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो सुझाब दिएका हुन् ।

उनले भने, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

सिंहदरबार र देशको राजधानी नै सारे पनि काठमाडौंबासीलाई आपत्ति नरहेको उल्लेख गर्दै आफूहरुलाई राजनीति नचाहिँएको जनाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here