काठमाडौं – देशका पहाडी र तराई क्षेत्रमा बिहीबार हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञागले अपराह्नपछि काठमाडौं उपत्यकासहित पहाडी र तराई–मधेश क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

‘अपराह्नतिर क्षणिक वर्षाको सम्भावना छ । धेरै समय पानी निरन्तर पर्दैन । केही समय परेर रोकिने छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्। उनका अनुसार अहिले प्रिमनसुनको समय भएको र यो अवधिमा अपराह्नतिर विभिन्न स्थानमा पानी पर्ने सम्भावना बढी हुन्छ। 

हाल गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली छ। काठमाडौंलगायत स्थानमा मौसम सामान्यतया सफा नै रहेको विभागले जनाएको छ। 

शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here