काठमाडौँ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशी छन् ।सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै आरोपीले त्यहाँ होटलको वेटरमा जागिर लगाइदिन्छु भनेर रकम असुलेका हुन् ।जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले जानकारी दिए ।