वीरगञ्ज – आम नागरिकले मागेको सूचना उपलब्ध नगराउने सप्तरीको कंचनरूप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतलाई सूचना आयोगले मागेको सूचना उपलब्ध नगरएकोले १५ हजार जरिवाना तिर्न आदेश दिइएको छ। जिल्लाको सप्तकोसी नगरपालिका- १ निवासी कैलाश माझीले कंचनरूप नगरपालिकासँग सूचना माग गर्दै निवेदन दिएका थिए। तर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शाहले लामो समयसम्म सूचना दिन अटेरी गरेकी थिइन्।

सूचना नपाएपछि पुनरावेदनको निवेदन राष्ट्रिय सूचना आयोगमा दर्ता भएको थिए। आयोगले २०७७ साल चैत १६ गते शाहलाई सूचना नदिएको बारे लिखित जवाफ पेश गर्न २०७८ साल भदौ ३१ गते आयोगको इजलासले सात दिनभित्र माझीलाई सूचना उपलब्ध गराउन आदेश दिएपनि उनले त्यस्को बेवास्ता गर्दै सूचना उपलब्ध गराइकी थिइनन्।

सूचना नदिने शाहलाइ सूचनाको हल समबन्धी २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार जरिवाना गरिएको आयोगकि प्रबक्ता कमला ओली थापाले जानकारी दिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here