कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्।
प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विरोध भएकी हुन्।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन्।
कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो। कांग्रेसलाई एमालेले समर्थन गरेको थियो।
०७९ को स्थानीय तह चुनावपछि जिसस प्रमुख जितेका पदमबहादुर कलेलको ०७९ पुस २३ मा उपचारको क्रममा निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो।