काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ । शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ ।

शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो । लुम्बिनी प्रदेशमा सरकार गठन भएको ७ महिना हुँदा पनि मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । यस्तै  संसदीय समितिका सभापति चयन हुन सकेको छैन । यस्तै भेटमा सरकार र सभाका काम कारबाहीलाई  प्रभावकारी रूपमा लैजान समन्वय आवश्यकता पर्नेमा उनीहरुले जोड दिएका छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here