काठमाडौं । जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ दोस्रो संस्करण बजारमा आएको छ । एजुकेसन पव्लिसिङ हाउस काठमाडौंले बजारमा ल्याएको यो कृति विद्यार्थी र बालबालिकामाझ लोकप्रिय छ । माग बढेकाले दोस्रो संस्करण बजारमा ल्याइएको प्रकाशक अञ्जन श्रेष्ठले बताउनु भयो । दोस्रो संस्करणमा आवरण कलेवर परिवर्तन गरिएको छ भने भित्री साजसज्जा पनि आकर्षक रूपमा डिजाइन गरिएको श्रेष्ठको भनाई छ ।

संस्कृति र संस्कारहरु अमूर्त हुने, अमूर्त भित्र खोज्न सकियो भने त्यहाँ अमृत जस्तै मानव जीवनोपयोगी शिक्षाहरु रहने गरेको र ‘बेलबहादुरको बिहे’ बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बाल कथा कृति भएको लेखक रसिकले बताउनु भयो । संसारका कुनै पनि मुलुकमा नियम कानुन नबन्दै संस्कृति र संस्कारका रुपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको कथन छ । संस्कृति र संस्कारमा मानव जीवनका लागि आवश्यक धेरै कुराहरु लुकिरहेका हुन्छन् । नेवाः सभ्यता र संस्कृति अनुसार बेलविवाह नारी स्वतन्त्रता लागि उपयोग हुँदै आएको संस्कार हो । युरोपियन लगायत विभिन्न मुलुकमा नारी स्वतन्त्रताको कुरा नउठ्दै परापूर्व कालमा नेपालमा नारी स्वतन्त्रताका लागि अपनाइएको संस्कार बेलविवाह भएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई उदृत गर्दै लेखक रसिकलृ बताउनु भयो । बेलविबाह अर्थात इही को प्रचलन अहिले पनि छ । सोही सन्दर्भ जोडिएको कथा ‘बेलबहादुरसँग बिहे’ कथामा नेवार समुदायका स्त्रीहरु कहिल्यै विधवा नहुने मान्यता र बेलविवाहलाई नारी सूरक्षाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

नेवाः समुदायमा बेलसँग विहे गरेपछि पतिको दिवंगत पछि पनि बाँकी जीवन व्यतीत गर्न अर्को पुरुषसँग विवाह गर्नसक्ने बेलविवाह संस्कृतिले महिलालाई स्वतन्त्रता दिएको छ । विवाह पछि स्त्रीले श्रीमानसँग मन मिल्यो भने जीवनभर सँगै जीवन जीउन सक्दछन् । मन मिलेन भने वा महिलालाई दुःख दिने गर्न थाले पति छाडेर अर्कोसँग विवाह गर्ने स्वतन्त्रता बेलविवाहले प्रदान गरेको संस्कृतिविद्हरूको भनाई छ । कृति रोमाञ्चक र ज्ञानवर्द्धक रहेको प्रकाशकले जनाएको छ । कथाकृतिका चित्रकार कृतिशेष एक्कारामसिं हुन् । कृतिको लेआउट डिजाइन शितल सुकुभटुको रहेको छ । कथा कृतिको मूल्य १९५ रूपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here