चीन । कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो ।

सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो । 

चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here