काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआनसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनिया नागरिक थिन्ले छोदेन रहेका छन्।
चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन विमानस्थलमा ओर्लेर दिल्ली उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् । उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ ।