काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी भएका छन् । चितवन क्षेत्र नं. २ मा रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं। २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो । उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन्। गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी हासिल गरेका थिए । नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।